• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    विप्लवका जड्याहा कार्यकर्ताले किर्ते हस्ताक्षर गरेर विज्ञप्ति निकाले, म बहुमतमै छु- इन्चार्ज राई

    11.8K
    SHARES


    काठमाडौँ । आइतबार दिनभरजसो विप्लव नेकपा वृतमा एउटा किर्ते विज्ञप्ति भाइरल बन्यो ! त्यो किर्ते विज्ञप्ति थियो नेपाल कम्युनिष्ट पार्यी (बहुमत)का रौतहट जिल्ला ‘सेक्रेटरी’ कुमार राई विप्लव नेकपामै फर्किएको घोषणा गरेको !

    आइतबार मध्यान्हदेखि विप्लवका कार्यकर्ताले कुमार राईको नामबाट जारी भएको उक्त विज्ञप्ति खुब सेयर गरे, त्यति मात्रै होइन राई विप्लव नेकपामै फर्किएको भन्दै नेकपा (बहुमत)का संयोजक र प्रवक्ता सुदर्शनलाई तथानाम भने !

    तर किर्ते बिज्ञप्ति निकाल्ने ति विप्लवका कार्यकर्तालाई नेकपा (बहुमत)का नेता कुमार राई कुन जिम्मेवारीमा छन् भन्ने समेत ज्ञान देखिएन, खासमा राई नेकपा (बहुमत) का रौतहट-सर्लाही इन्चार्ज हुन् । आइतबार साँझ सञ्चारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका इन्चार्ज राईले आफु बहुमतमै रहेको प्रष्ट पारेका छन् ।

    उनले विप्लव नेकपाका सर्लाही जिल्ला सदस्य समेत रहेका जड्याहा कार्यकर्ता कमल सुस्लिङ मगरले आफ्नो नामको किर्ते हस्ताक्षर गरी नक्कली विज्ञप्ति बनाएको बताए ।

    उनले दिँउसो एकछिन विप्लव नेकपाका दुई जना कार्यकर्तासँग आफ्नो भेट भएको र भेटघाटमा सामान्य गफगाफ गरेर एकछिन बसेको, त्यसपछि आफू आफ्नो पार्टीको काममा फर्केपछि उनीहरुले नक्कली बिज्ञप्ति बनाएर आफ्नो राजनीतिक चरित्र हत्या गर्ने कोसिस गरेको बताएका छन् ।

    उनले सञ्चारकेन्द्रसंग भने- “म उहाँहरुसँग छुट्टिएर सेल्टरमा फर्के, नुहाई धुवाई गरेर पार्टी काममा हिड्ने बेला आफ्नै नामको किर्ते बिज्ञप्ति भाइरल भइरहेको थाहाँ पाए, अनि छक्क परे, मान्छेहरु बिचारमा सकिएपछि यतिसम्म तल्लोस्तरमा गिर्ने रैछन्, मैले त कल्पना पनि गरेको थिएन ।

    ‘दलाल पुजिवादी संसदीय व्यवस्थाको आगोमा पुतली बनेर खरानी बनेका विप्लव समुहका सर्लाही जिल्लाका जड्याहा कार्यकर्ता कमल सुस्लिङ मगरले मेरो नाममा किर्ते हस्ताक्षर गरेर नेकपा ( बहुमत ) मा नरहेर विप्लव समुहमा फर्केको हावादारी प्रेस विज्ञप्ति निकालेर भ्रम फैलाएको रहेछ’ उनले भने -‘यस्तो भ्रममा नपर्न हाम्रो पार्टीका नेताकार्यकर्ता सहयोद्दा तथा न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

    साथै यस्तो निच र घटिया हर्कत नगर्न विप्लव नेकपालाई उनले चेतावनी समेत दिएका छन् । ‘यस्तो निच र घटिया हर्कत नगर्न विप्लव समुहलाई चेतावनी दिन चाहन्छु ।’ उनले भने -‘म सम्पुर्ण शोषित, उत्पीडित, श्रमजीवी वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी ( बहुमत )को जिम्मेवारीमै छु ।’

    यसबारे पार्टीपंक्ति, आम शुभचिन्तक समर्थकमा पर्न गएको भ्रम चिर्न आफुले विज्ञप्ति समेत जारी गर्न लागेको उनले सञ्चारकेन्द्रलाई बताए । पार्टीको आधिकारिक निर्णयबिपरित विप्लव-प्रकाण्डले आफूनिकटमा मान्छेलाई स्थानीय तह चुनावमा सहभागी गराएपछि तत्कालिन नेकपाका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी पुनर्गठन गरी नेकपा (बहुमत) बनाएका छन् ।

    कञ्चनको नेतृत्वमा गठित उक्त नेकपा (बहुमत)ले नयाँ कार्यदिशा समेत पारित गरेको छ । अधिकांश जबस मोर्चा, प्रवास कमिटी, जिल्ला पार्टी र कार्यकर्ताहरुले कञ्चनलाई साथ् दिएपछि विप्लव नेकपाका कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

    उनीहरुले राजनैतिक पूर्वाग्रह साध्न अनेक अफवाह फैलाउन थालेको नेकपा बहुमतका नेताहरुको भनाइ छ । हिजो मात्रै विप्लवका कार्यकर्ताहरुले बहुमतका सचिवालय सदस्य उदय चलाउने ‘दिपक’ को नाम जोडेर स्थानीय तहको निर्वाचनको भोट बेचेको भन्दै अफवाहपूर्ण समाचार लेखेका थिए।

    उक्त कपोकल्पित समाचार छापिएको १ दिन नबित्दै विप्लवका कार्यकर्ताले राईको नाममा किर्ते हस्ताक्षर गरेर नक्कली बिज्ञप्ति निकलेका हुन् । आजको नक्कली बिज्ञप्ति समाचार पनि विप्लवका कार्यकर्ताले गैरकानुनी हिसबाले दर्ता पनि नगरी चलाएका केही अनलाइनमा समेत समाचार बनाएर प्रकाशन गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ