• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि समाचार

    आयो गज्जबको स्मार्टफोन, एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने

    604
    SHARES


    काठमाडौं । बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ ।

    यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् । अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका केही स्मार्टफोन बजारमा देखिएका छन् ।

    कतिपय स्मार्टफोनमा १० हजार मिलीएम्पियर आवरको ब्याट्री पनि रहेका छन् । तर यी सबै किर्तिमानलाई पछि पार्दै चीनको एक कम्पनीले २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याएको छ ।

    चिनिया ब्राण्ड Oukitelले WP19 नामक स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो फोन एकपटक फुलचार्ज गरिसकेपछि केही हप्तासम्म तपाइँले चार्जरको सम्झना नगरेपनि हुन्छ ।

    यो स्मार्टफोनमा एक पटक पूरा चार्ज गरेपछि १ सय २२ घण्टासम्म लगातार फोन कल गर्न सकिन्छ । साथै एक पटक फुलचार्ज गरेको ब्याट्रीले १ सय २३ घण्टासम्म गीत बजाउन सकिन्छ भने ३६ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ ।

    त्यस्तै एकपटक एकपटक फोन चार्ज गरेपछि यो स्मार्टफोन खुल्ला राख्दा ९४ दिन अर्थात् २२ सय ५२ घण्टासम्म यसको चार्ज टिक्दछ । तर यो फोनमा ठूलो ब्याट्री हुनुको घाटा पनि छ ।

    यो फोन पूरा चार्ज हुनका लागि ४ घण्टा लाग्दछ । यसमा २७ वाटको फास्ट चार्जिङ रहेको छ । यो फोनलाई निकै विषम परिस्थितिमा पनि प्रयोग गर्न सकिन्छ । ध्एज्ञढ स्मार्टफोन वाटरप्रुफ रहेको छ ।

    यसमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ जसमा फुल एचडी प्लस रिजोलुसन तथा ९० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा मिडियाटेक हिलियो न्ढछ प्रोसेसर राखिएको छ । फोनमा ८ जिबीको र्याम र २५६जिबीको इन्टरनल स्टोरेज दिइएको छ ।

    पछाडिको भागमा ट्रिपल क्यामरा सेटअप रहेको छ । जसमा मूख्य क्यामरा ६४ मेगापिक्सेल छ । त्यस्तै २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको सोनी नाइट भिजन आइआर मोड्युल रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

    यो फोनमा एन्ड्रोइन १२ अपरेटिङ सिस्टम रहेको छ । युरोपमा यो फोनको मूल्य ६सय ९४ युरो तोकिएको छ । एजेन्सीको सहयोगमा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ