• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

    227
    SHARES


    काठमाडौँ । दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्न गएको क्रममा लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गो’ली लागेको छ ।

    यसैबीच १३ वर्षअघि भएको ह’त्याको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको साविक बोर्लाङ गाविस-७ हटियाका दिलबहादुर दराईको ह’त्या अभियोगमा भक्तपुर सुडालका ३८ वर्षका कैलाश कार्की पक्राउ परेका हुन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोका उपनिर्देशक कमल थापाले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ