• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोकस

    भिडियोकी मोडल गरिमा फिल्म अभिनयमा डेब्यु गर्दै

    604
    SHARES


    काठमाडौँ । म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् ।

    एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

    निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।

    आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मका मुख्य अभिनेता छनौट बाँकी छ ।

    फिल्मको पछिल्ला केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि धौली, अग्निदहन, पञ्चेबाजाजस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

    फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म असारदेखि फ्लोरमा जाने तयारीमा छ । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ