• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रहरी हिरासतमा मृत भेटिए कुँवर, कसरि घट्यो घटना ?

    342
    SHARES


    कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला परेका छन्। कोहलपुर नगरपालिका वडा नं. १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताए।

    कुँवर बुधबार बिहान साढे ४ देखि ५ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

    न्यौपानेका अनुसार जबरजस्ती करणी आरोपपछि प्रहरीले उनलाई वैशाख १९ गते नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्दै आएको थियो।

    प्रहरीका अनुसार कुँवर थुनामा परेको २४ दिन जति भएको थियो। प्रहरीले अदालतमा मिसिल बुझाइसकेको समयमा उनी मृत फेला परेका हुन्।

    ‘थुनुवा कक्षका अन्यलाई सोधपुछ गर्दा कुँवर निकै निराशावादी कुरा गरिरहन्थे भन्ने छ,’ डिएसपी न्यौपानेले भने, ‘शव पोष्टमर्टमका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ