काठमाडौँ । नेकपा (बहमत) निकट अखिल (क्रान्तिकारी) ले चावहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेको छ ।
क्रान्तिकारीका काठमाडौँ संयोजक हस्त बिकले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई कारबाही गर्न चेतावनी दिएका हुन् ।
साथै विद्यार्थीहरुमाथि कलेज प्रशासनले विभिन्न लोभलालच देखाइ घटनालाइ ढाकछोप एवम् धम्किपुर्ण भाषा शैलीको प्रयोग गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
संयोजक बिकले उक्त घटनामा संलग्न दोषीलाई कडा दण्ड दिन र पीडितलाई न्याय दिनको लागि सरोकारवाला पक्षसंग आग्रह समेत गरेका छन् । अन्यथा विद्यार्थीआन्दोलनवाट सृजित परिणामको जिम्मा स्वयम् कलेजप्रशासन र सरोकारवाला पक्षले लिनु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।
‘विद्यार्थीहरु माथि कलेज प्रशासनले विभिन्न लोभलालच देखाइ घटनालाइ ढाकछोप एवम् धम्किपुर्ण भाषा शैलीको प्रयोगप्रती हाम्रो संगठन चेतावनी दिन चाहन्छ ।’ बिज्ञप्तिमा भनिएको छ -‘उक्त घटनामा संलग्न दोषीलाई कडा दण्ड दिन र पीडितलाई न्यायदिनको लागि सरोकारवाला पक्षसंग आग्रह गर्दछौं । अन्यथा विद्यार्थीआन्दोलनवाट सृजित परिणामको जिम्मा स्वयम् कलेजप्रशासन र सरोकारवाला पक्षले लिनु पर्नेछ ।’
प्रतिक्रिया