• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

    277
    SHARES


    सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

    सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए ।

    घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको डिएसपी बुढाथोकीले जानकारी दिए । बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए ।

    घटनाको जानकारी पाएलगत्तै करिब बिहान ४ बजे प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए । प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको थियो। दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ