• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    धनगढीकी उपमेयर कन्दकला : जाे ५ वर्ष अगाडि वडा सदस्यमा हारेकी थिइन्

    284
    SHARES


    धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्।

    उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्।

    रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

    यसपटक उपमेयरमा विजयी राना २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खुला वडा सदस्यकी उम्मेदवार थिइन्।

    तर उनी काँग्रेसका उम्मेदवार प्रदीप केसी र रामस्वरुप राना थारुसंग पराजित भएकी थिइन्।

    कन्दकलाले ०७४ सालको निर्वाचनमा ५७६ मत पाएकी थिइन्। दुई जना वडा सदस्यका लागि ९ जनाको उम्मेदवारी परेकोमा उनी चौथो भएकी थिइन्।

    यसपटक भने तिनै राना उपमेयरमा विजयी भएकी हुन्। राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन्।

    एमालेको जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीय राना नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष हुन्।

    उनी २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन्। यसअघि उनले राना थारू समुदायलाई रानाथारू जातिमा सूचीकृत गर्नुपर्ने भन्दै आवाज उठाउँदै आएकी थिइन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ