• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते हेर्नुहोस्?

    265
    SHARES


    गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ ।

    वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन भएको थियो । निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

    आयोगको पछिल्लो मतपरिणामको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारले जितेका छन् ।

    काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २०० सय उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १२७, अध्यक्षमा १८६, उपप्रमुखमा १००, उपाध्यक्षमा १९०, वडा अध्यक्षमा २ हजार ५५०, महिला सदस्यमा २ हजार ५०६, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ५ हजार ८९ जना काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

    काँग्रेसपछि दोस्रो ठुलो सङ्ख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३८० जना उम्मेदवार विजयी बनेका छन् । विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ६९, अध्यक्षमा १२१, उपप्रमुखमा ९२, उपाध्यक्षमा १२२, वडा अध्यक्षमा २ हजार ४९, महिला सदस्यमा २ हजार २४१, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ४ हजार ४९६ जना रहेका छन् ।

    माओवादीका हालसम्म ४ हजार ९३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, अध्यक्षमा ९६, उपप्रमुखमा ३२, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा १ हजार ३०, महिला सदस्यमा ९४०, दलित महिला सदस्यमा ९४९ र सदस्यमा १ हजार ७६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।

    जसपा नेपालका ३ हजार ३९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यीमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २७३, महिला सदस्यमा २७४, दलित महिला सदस्यमा २७२ र सदस्यमा ५४६ जनाले जित निकालेका हुन् ।

    आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६९१ जना विजयी बनेका छन् । अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५६२ जनाले वडा अध्यक्षमा, ५०० जनाले महिला सदस्यमा, ४८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ