• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार साम्पाङको जित निश्चित

    276
    SHARES


    काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) को जित निश्चित भएको छ ।

    धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब ३ हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि छन्।

    लाैरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गरे।

    २० वडामध्ये १९ वडाको गणना भइसकेको छ । अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा अगाडि छन्।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ