• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ३३ बर्समै मेर बने पूर्णप्रसाद आचार्य

    144
    SHARES


    काठमाडौँ। बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी भएकाछन् । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी भए ।

    आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नाै हजार सात सय २५ मत पाए।

    यसैगरी नगरपालिकाकाे उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी भइन् ।

    उनका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय १७ र नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गरिन्।

    यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरपालिकाकाे मेयर थिए । रावत २०४९ र २०५४ मा साविक कोहलपुर गाविसको अध्यक्ष पनिथिए।

    एमालेको किल्लाको रूपमा रहेको कोहलपुरमा नेपाली कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ