• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    कांग्रेस नेता सिद्धूले गरे अदालतसामू आत्मसमर्पण

    550
    SHARES


    काठमाडौँ । कांग्रेस नेता तथा पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धूले पटियालाको अदालतमा समर्पण गरेका छन् । बिहिबार सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मामिलामा उनलाई एक वर्षको सजाय सुनाइएको छ ।

    नवजोत सिंह सिद्धूका मिडिया सल्लाहकार सुरिन्दर डल्लाले पत्रकारसँगको कुराकानीमा सिद्धूले मुख्य न्यायिक मजिस्ट्रेटको सामू आत्मसमर्पण गरेका छन् । अब उनको मेडिकल अनुसन्धान हुनेछ र अन्य प्रक्रिया पूरा गरिनेछ ।

    यो मामिलामा सर्वोच्च अदालतमा पुनर्विचार याचिका दर्ता गरिएको थियो । यो मामिला करिब तीन दशकभन्दा पनि पुरानो हो । पीडित परिवारले यो मामिलामा सर्वोच्च अदालतको सन् २०१८ को निर्णयविरुद्ध पुनर्विचार याचिका दर्ता गरेका थिए ।

    र सिद्धूका वकिल अभिषेक मनु सिंघवीको पिटिशनमा जस्टिस एएम आनविलकरले आफूहरुले मामलालाई प्रधान न्यायाधीशसमक्ष पेश गरिरहेको र यसमाथि सुनुवाई गरेर निर्णय गर्ने जानकारी दिएका थिए । सिद्धूले स्वास्थ्थलाई आधार मानेर अदालतसमक्ष एक हप्ताको समय मागेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ