• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाई प्रकरणबारे उपसभामुख तामाङले बल्ल मुख खोलिन, दिइन् यस्तो ९ बुँदे प्रष्टिकरण !

    18.1K
    SHARES

    काठमाडौं, ११ चैत ।

    प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भएपछि अन्ततः उनले मुख खोलेकी छिन । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आफुले यसप्रकारको अभिव्यक्ति नदिएको प्रष्ट पारेकी छिन ।

    तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएको छ । यसबारे बिरोध गर्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस नेता कार्यकर्ता सडकमै आएका थिए ।

    नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो । समाजिक सञ्जालमा विरोध र राजनीतिकरणा भइरहँदा तामाङले मुख खोलेकी छिन् । राजनीति प्रतिशोतको आधारमा हल्ला चलाइएको उनको भनाई छ ।

    ‘यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो । तामाङले भनेकी छिन, – ‘अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।’

    यस विषयमा तामाङको भनार्इ यस्ताे छ :

    – सामाजिक सञ्जालमा कसले लेख्यो र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो बिषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु ।

    –यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।

    –अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।

    –मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यस्तो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ । के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ ।

    – नेपाल तामाङ घेदुङले भनेको कुरालाई मसँग जोडेर नियोजित तरिकाले फैलाउने अधिकार उनीहरुलाई कसले दियो थाहा छैन । यो बिषयमा म पनि अनविज्ञ नै छु ।

    –यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो ।

    –मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले जो बिषय राखेको छ । त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको छ । यो मलाई मात्र होइन । संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।

    –एउटा कुरा यो कसले गलत ढंगले बाहिर ल्यायो मलाई पनि थाहा छैन । नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कुरा गर्यो । तामाङ घेदुङको डेलिकेसन टिमले यो बिषय राख्यो । त्यसपछि मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो । त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् ।

    –भोलिपल्ट पो कुरो गुुटुङटुङ आयो । के आयो भनेर हेर्दा जे मन लाग्यो त्यही लेखेर पठाइएको रहेछ । मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

    यस्तो थियो उपसभामुख तामाङको भनाइबारे सार्वजनिक भएको समाचार

    “प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छिन् । साथै तामांङ समुदायले ऐतिहासिक कालदेखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरी विधिगत हिसावबाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छिन् l

    नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ कि उपसभामुख तामाङ, सांसद तथा अगुवाहरु पुगेका थिए ।

    धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।

    जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

    गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।”

     

     

    प्रतिक्रिया