• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    भरतपुरमा रेनु दाहाल २ हजार वढि मतले अगाडि

    172
    SHARES


    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् ।

    २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।

    उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले भने ७ हजार १६६ मत पाएकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ