काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले आर्थिक उन्नतीको बाधक हालको संरचनात्मक रहेको र यसको परिवर्तनबिना आर्थिक व्यवस्थाको सुधार असम्भव रहेको बताएका छन् ।
संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि सुझाव दिँदै डा. भट्टराईले त्यस्तो संरचना भत्काउन क्रान्तिकारी छलाङ मार्न समेत सरकारलाई सुझाव दिए ।
यद्यपि, विधान मुलुकको संरचनात्मकको जटिलता सुधारका लागि राजनीतिक तथा प्रशासनिक व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनले बताए ।
यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।
प्रतिक्रिया