• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    लुम्बिनीमा विश्व शान्तिको प्रार्थना

    376
    SHARES


    काठमाडौँ —  आकर्षक रुपमा सिँगारिएको लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरी भव्य रुपमा बुद्धजयन्ती मनाइँदै छ ।

    २५६६ औं बुद्धजयन्तीको अवसरमा यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासकहरू आएका छन् ।

    यस अवसरमा सोमबार बिहानै ७ बजे मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लगि प्रार्थना गरिएको थियो । यससँगै बुद्धजयन्तीका दिन वैशाख पूर्णिमामा लुम्बिनीमा निकै भीडभाड बढेको छ ।

    स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ ।

    बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेपछि उक्त कार्यक्रम अवलोकन गर्न पनि धेरै जना उपस्थित थिए ।

    मोदीको सुरक्षाका लागि बिहान ८ देखि ११ बजेसम्म मायादेवी मन्दिर बन्द गरिएको थियो । उनी ५ घण्टाका लागि लुम्बिनी आएका हुन् ।

     

     

     

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ