• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    फर्जी मत’ भेटिएपछि नगराईन नगरपालिकाको मतगणना पानि स्थगित

    383
    SHARES


    धनुषाको नगराईन नगरपालिकामा ३ वटा मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ ।

    नगराईन नगरपालिका–२ को राप्रवि जटही (क) र (ख) मतदान केन्द्रको गणना भइरहेको बेला मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको छ ।

    दस्तखत बिनाको मतपत्र भेटिएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरी सहित ११ जनाले गणना रोक्न आग्रह गरेका थिए ।

    उप–स्वास्थ्य चौकी रामबाग (ख) को मत पेटिकामा पनि मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएको छ ।

    मतदाताभन्दा धेरै मतपत्र भेटिएपछि ‘हाललाई मतगणना कार्य स्थगित गरी पाउँ’ भनेर धर्मेन्द्र प्रसाद गुप्तासहित पाँच जनाले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् ।

    अर्को सूचना नहुँदासम्म मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ