भक्तपुर – भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
उहाँले २९ हजार २ सय ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र प्राप्त गर्नुभएको छ ।
एमालेका रवीन्द्र लाछिमस्युले भने २ हजार ८ सय ४१ मत मात्रै पाउनुभएको छ ।
यस्तै उपप्रमुखमा पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कै रजनी जोशीले पनि २९ हजार ७ सय ५९ मत सहित फराकिलो अन्तरले विजयी बन्नुभएको छ ।
भक्तपुरको वडा नम्बर एक देखि १० सम्मको वडाअध्यक्षमा पनि नेपाल मजदुर किसान पार्टीले नै जितेको छ ।
प्रतिक्रिया