• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हमालको अग्रता कायमै

    266
    SHARES


    धनगढी। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राखेको अग्रता कायमै छ।

    शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ८ हजार ७०० गणना भएको छ। जसमा हमालले ३ हजार ८२९ मत पाएका छन्।

    यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन्।

    यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ७६५, एमालेकी कन्दकला रानाले १ हजार ५४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १२२ मत पाएका छन्।

    मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

    उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ