• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली प्रदेश राजनीति

    नरहरिनाथ-५ मा माओवादीका बागी उम्मेवार बोगटी बिजयी

    भन्छन- 'जनताले गलत प्रवृतिलाई पाखा लगाए'

    693
    SHARES


    कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार मान बहादुर बोगटी “जीवन” बिजयी भएका छन् । उनले ४५४ मत ल्याएर निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका गगन फडेरा ‘सिर्जन’ लाई ११५ भोटले पराजित गर्दै जित हात पारेका हुन् ।

    माओवादी केन्द्रले टिकट नदिएपछि बागी उम्मेदवार बनेको बोगटीलाई काँग्रेस, एमाले, जनता समाजवादी र अन्य राजनीतिक दलका उम्मेदवारले समेत समर्थन गरेका थिए । बोगटीले सञ्चारकेन्द्रसँग कुरा गर्दै आफ्नो उम्मेदवारी गलत प्रवृतिका बिरुद्ध भएको र जनताले गलत प्रवृतिलाई पाखा लगाएको प्रतिक्रिया दिएका छन् ।

    जीवनलाई माओवादी केन्द्रले उम्मेदवार बनाउन खोजे पनि निवर्तमान अध्यक्ष समेत रहेका फडेराले आफु चुनाव लड्ने अडानबाट पछि नहटेपछि माओवादी केन्द्रले उनलाई उम्मेदवार बनाएको थियो । तर स्थानीय माओवादी नेता-कार्यकर्ता र समर्थकहरुले फडेराको गतल प्रवृतिका बिरुद्ध बागी उम्मेदवारलाई साथ दिएका थिए ।

    फडेराका कारण गठबन्धन टुटेको उक्त वडामा सत्तारुढ गठबन्धनको पुरै प्यानलले बोगटीलाई साथ दिएको थियो । यस्तै खुल्ला सदस्यमा देबेन्द्र सहकारी, गोर्ख सहकारी र महिला सदस्यमा सुनकेशा सहकारी विजयी भएका हुन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ