• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    न्यूयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

    640
    SHARES


    अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।

    प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ।

    बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग
    ती सन्दिग्ध व्यक्तिले शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए।

    प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए।

    सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई “हिंसक अतिवादी कृत्य” को सङ्ज्ञा दिएको छ।

    पत्रकार सम्मेलनमा एफबीआईको बफलो कार्यालयका प्रमुख स्टीभन बेलोङ्गियाले भने, “हामीले यस घटनालाई घृणा फैलाउने अपराध र जातीय रूपले प्रेरित हिंसक अतिवादजस्ता दुवै पक्षबाट अनुसन्धान गरिरहेका छौँ।”

    ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेका थिए।

    कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन्।

    घाइते भएका तीन जना सुपरमार्केटका कर्मचारी हुन्।

    यद्यपि उनीहरूलाई ज्यान जोखिम पर्ने खालको गम्भीर चोट लागेको छैन।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ