काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नंं १ का स्वतन्त्र उम्मेदवार सुन्दर ओली जित नजिक पुगेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. १ मा जम्मा ९२३ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार ४५७ मत प्राप्त गरेका छन् । उनका किटतम प्रतिद्धन्दी माओवादी केन्द्रका लक्ष्मण ओलीले ३६१ र काँग्रेसका वडाध्यक्षका उम्मेदवार मुस्कान ओलीले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गणेश ओलीले ४८१ र नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह खड्काले २०४ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार चोपलाल खड्काले १० मत र एकीकृत समाजवादीका उम्मेदवार धनराज खड्काले २ मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार राजकुमारी रेउलेले ४७९ र काँग्रेसका उम्मेदवार सृष्टी बुढाले २०५र नेकपा एमालेका उम्मेदवारले १० मत प्राप्त गरेको जनाएको छ ।
त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार ले २ मत प्राप्त गरेको जनाएको छ । त्रिवेणी १ मा जम्मा १ हजार ७ सय ८९ मतदातामा १ हजार १ सय १४ मत खसेको थियो । अब १९१ मत मात्रै गणना गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया