रोल्पा । विप्लव, देउवा र ओलीको उम्मेदवारलाई हराउदै नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।
घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् ।
गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् ।
यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत सहित अगाडि छन भने एमालेकी पार्वती राना ६६९ मत सहित दोस्रो स्थानमा छिन् ।
प्रतिक्रिया