• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विप्लवलाई हराउदै रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

    75
    SHARES


    रोल्पा । विप्लव, देउवा र ओलीको उम्मेदवारलाई हराउदै नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।

    काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।

    घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् ।

    गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् ।

    यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत सहित अगाडि छन भने एमालेकी पार्वती राना ६६९ मत सहित दोस्रो स्थानमा छिन् ।

    यस्तै उता जीतपुर सिमरा उपमहानगरपालिकामा वडा नं २४ को मतगणना भइरहेको छ । मतगणनाअनुसार गठबन्धनका उम्मेदवार अग्रस्थानमा देखिएका छन् । १८ सय १६ खसेको मत मध्ये १२ सय १० मत गणना सकिएको छ ।

    जसमध्ये गठबन्धनका प्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखका उम्मेदवार काँग्रेसकी मेघा शाहीले क्रमशः ५४३ र ५४३ मत ल्याएका छन् ।

    दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख र उपप्रमुखका उम्मेदवार संजय कुमार साह र विपि मोक्तानले ४–४ सय मत ल्याएका छन्

    नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । एमालेकी उम्मेदवार सरस्वती चौधरी र उपप्रमुखका उम्मेदवार भोला अधिकारी समान २६७–२६७ मत ल्याएका छन् । त्यसैगरी वडा नं २४ मा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारीले ५४३ मत ल्याएका छन् ।

    उनका निकटतम प्रतिष्पर्धा लोसपाका वडाध्यक्षका उम्मेदवार कलान अन्सारीले ४ सय मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार सेराजुन अन्सारी २७६ मत ल्याएका छन् । पहिलो चरणमा एकछापे मत मात्रै गणना गरेको सहायक निर्वाचन अधिकृत बलराम खड्काले जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ