काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएकाे निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।
त्यस्तै विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।
विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया