• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति लुम्बिनी स्थानीय चुनाव २०७९

    पाल्पामा कांग्रेसले खोल्यो खाता, माथागढी- ८ मा प्यानलै विजयी

    316
    SHARES


    पाल्पा । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।

    बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    रिब्दीकोट गाउँपालिका, बगनासकाली, तिनाउ, निस्दी, तानसेन नगरपालिकामामा मतगणना सुरु भएको छैन । रैनादेवी छहरा र रामपुर नगरपालिकाममा पनि अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेकाले केही समयमा सुरु हने मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । निस्दीमा सहलकोटमा गठबन्धनका उम्मेदवारलाई हात हालेको विषयलाई लिएर सर्वदलीय बैठकमा विवाद भएपछि ढिला भएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुकमांगद अर्यालका अनुसार शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको उनले जानकारी दिए । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

    १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए । पाल्पाको रम्भा, माथागढी र पूर्वखोला गाउँपालिकामा शनिबार बिहानैदेखी मतगणना कार्य सुरू भएको छ । पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान भएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ