• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    अदालतमा प्रहरीको बयान – हत्याको सबुत प्रमाण बाँदरले चोर्‍यो

    143
    SHARES


    एजेन्सी । कुनै पनि घटनाका सबुत प्रमाणलाई अदालतमा पेस गरुन्जेल सुरक्षित राख्ने काम प्रहरीको हो । तर भारतको राजस्थानका जयपुरस्थित एक तल्लो अदालतमा चलिरहेको हत्यासम्बन्धी एक मुद्दामा सबै सबुत प्रमाण बाँदरले चोरेको जिकिर प्रहरीले गरेको छ ।

    सन् २०१६ मा भएको एक युवकको हत्यामा प्रयोग भएको चक्कुलगायतका सबुत प्रमाण बाँदरले लगेको दाबी प्रहरीले गरेको छ ।
    उक्त हत्याको मुद्दामा भएको पछिल्लो सुनुवाइका क्रममा अदालतले हत्याका घटनाका सबुत प्रमाण पेस गर्न प्रहरीलाई आदेश दिएको थियो ।

    तर इजलास समक्ष पुलिसले सबुत प्रमाण पेस गर्न सकेन । हत्यासँग सम्बन्धित सबुत प्रमाण बाँदरले चोरेको हुँदा आफूसँग नभएको प्रहरीले इजलासमा बतायो ।

    जयपुर ग्रामीण पुलिस अधिक्षक मनिष अग्रवालले लिखितरुपमा अदालतमा त्यस्तो जवाफ पेस गरेका हुन् । उनले अदालतसमक्ष भनेका छन्-या घटना सन् २०१६ को हो ।

    तत्कालीन मालखाना इन्चार्जले सन् २०१७ मै ती सबुत प्रमाणहरू बाँदरले लगेको भनी रिपोर्ट हालेका थिए । उक्त हत्यामा प्रयोग भएको चक्कुसँगै रगत लतपतिएको कपडा, घटनास्थलको माटो, रगतको नमूना, मोबाइल फोन,

    उनका अनुसार सबुत प्रमाणहरूको एसएफएल जाँच रिपोर्ट प्राप्त भैसकेको थियो । यो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यो मुद्दामा अदालतमा आगामी मे १३ मा अर्को सुनुवाइ हुनेछ । बीबीसी हिन्दीबाट

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ