• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त

    168
    SHARES


    काठमाडौँ । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।

    बिहीबार उनलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।

    राजापाक्षेले राजीनामा दिएपछि विपक्षी दलका शीर्ष नेताहरूले राष्ट्रपतिले राजीनामा नदिएसम्म नबन्ने घोषणा गरेपछि विक्रमसिंघे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    उनलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ