• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विराटनगरमा एमाले उपमेयर उम्मेदवारविरूद्धको मुद्दामा सर्वोच्चले के दियो अन्तरिम आदेश ?

    429
    SHARES


    विराटनगर । विराटनगर महानगरमा एमालेबाट उपमेयर उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरूद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने बताएको छ।

    किर्ते कागजात पेस गरेर उम्मेदवारी सदर गराएको भन्दै कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ सकिएपछि सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने बताएको हो।

    न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश गरेको हो। यसअघि सो रिटको बुधबार नै पेसी रहेको थियो।

    उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका थिए।

    कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए।

    कार्कीले स्वास्थ्य मन्त्रालयमा राजीनामा दर्ता गरिसकेको निवेदनको प्रतिलिपि पेश गरेपछि उजुरीकर्ताको माग दाबी नपुगेको भन्दै निर्वाचन कार्यालयले कार्कीको उम्मेदवारी सदर गराएपछि यादव सर्वोच्च पुगेका हुन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ