• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized राजनीति

    काठमाडौँ महानगरमा १ सय ५६ केन्द्र र ३ सय ६३ मतदान स्थल

    157
    SHARES


    काठमाडौँ । वैशाख ३० गते शुक्रवार (भोलि) पालिका चुनावमा काठमाडौँ महानगरपालिकामा एक सय ५६ केन्द्र र तीन सय ६३ मतदान स्थल तोकिएको छ ।

    तीन लाख दुई सय ४२ मतदाता रहेको कामपाको वडा नम्बर १६ मा सबैभन्दा धेरै २० हजार एक सय ७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नम्बर ३२ हो । यस वडामा १८ हजार नाै सय १३ जना मतदाता छन् । वडा नम्बर ३१ मा १८ हजार एक सय सात जना मतदाता छन् । त्यसैगरी वडा नम्बर १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा तीन हजार सात सय २९ मतदाता छन् ।

    वडा नम्बर २३ मा चार हजार चार सय ७७ मतदाता छन् । वडा नम्बर २० मा चार हजार ६ सय १४ मतदाता छन् । कामपामा एक सय ५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा तीन सय ६३ वटा मतदान स्थल छन् । वडा नम्बर ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् ।

    यसैगरी वडा नम्बर १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा नम्बर ७ र ३२ मा नाै/नाै वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नम्बर हो । यसमा एउटा मात्र केन्द्र छ । वडा नम्बर १९, २० र २४ मा दुई/दुई वटा मात्र केन्द्र छन् । यसैगरी वडा नम्बर १, ५, ८, १२, १८ र २९ मा तीन/तीन वटा मतदान केन्द्र छन् ।

    सबैभन्दा धेरै मतदान स्थल भएको वडा १६ नम्बर हो । यस वडामा २३ वटा बुथ छन् । वडा नम्बर ३१ र ३२ मा २२/२२ वटा मतदान स्थल छन् । धेरै मतदान स्थल भएको तेस्रो वडा १४ नम्बर हो । यस वडामा २१ वटा मतदान स्थल रहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ