• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    काँग्रेसद्वारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित

    98
    SHARES


    नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।

    काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

    पार्टी विधान र अनुशासन बाहिर गएर कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् । पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन काँग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ