• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हिरासतबाटै प्रधानमन्त्री र गृहमन्त्रीसंग फोनमा कुराकानी भएपछि छुटे संयोजक कञ्चन

    4.4K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार परेको ७ घण्टापछि रिहा भएका छन् । बिहिबार बिहानै दाङको भालुवाङबाट गिरफ्तार संयोजक कञ्चनलाई प्रहरीले केहि समयको सोधपुछपछि छोडेको छ ।

    हिरासतबाटै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनी रिहा भएका हुन्। रिहा भएपछि अहिले दाङबाट हिडिसकेको संयोजक कञ्चनले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।

    ‘केहि गलत रिपोर्टिङहरु पनि भएको रहेछ, मेरो प्रधानमन्त्री देउवा जी र गृहमन्त्री बालकृष्ण खाँणसंग पनि फोनमा कुराकानी भयो । उहाँहरुसँग मैले आफ्नो कुरा राखे’ उनले भने ।

    नेकपा बहुमतले चुनाव बहिस्कार गर्ने निर्णय गरेको भन्दै सुराकीहरुले ‘फेक रिपोर्टिङ’ गरेपछि संयोजक कञ्चन र अर्का नेता सुदर्शनलाई निगरानीमा राख्न प्रहरी हेडक्वार्टरले देशभरका प्रहरी युनिटहरुलाई परिपत्र गरेको थियो ।

    सोहि परिपत्रका आधारमा पोखराबाट सुर्खेत हिडेका संयोजक कञ्चनलाई प्रहरीले बिहानै ४ बजे घोराहीबाट नियन्त्रणमा लिएको हो । यता दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले नेता कञ्चनसँगकाे छलफलपछि नेकपा (बहुमत) पार्टीको चुनाव बिथोल्ने कुनै योजना नभएको प्रष्ट भएको बताए ।

    कञ्चनको गिरफ्तारीलगत्तै नेकपा (बहुमत)का नेता सुदर्शनले पनि विज्ञप्ति जारी गर्दै स्थानीय चुनावको सशस्त्र बहिष्कार गर्ने नीति नभएकाले बास्तोलालाई रिहा गर्न माग गरेका थिए। यस्तो छ कञ्चन र सुदर्शनलाई निगरानी गर्न प्रहरी हेडक्वार्टरले जारी गरेको सर्कुलर

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ