• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते

    131
    SHARES


    सुर्खेतको सिम्तामा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई एमाले कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । गएराती साढे १० बजे सुर्खेतको सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ताहरूबीच झडप भएको थियो ।
    झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् ।

    उनीहरुको अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा काँग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्तालाई सम्झाई बुझाई गर्दा पनि नमान्दा प्रहरीतर्फ आक्रमण गर्ने प्रयास गरे।

    जसका कारण चार प्रहरी र दुई कार्यकर्ता सामान्य घाइते भएका छन्’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ