• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अपाङ्गता भएका किशोरलाई एयरलाइन्सले विमानमा चढाउन अस्वीकार गरेपछि….

    511
    SHARES


    भारतमा एक एयरलाइन्सले अपाङ्गता भएका किशोरलाई विमानमा चढाउन इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ ।

    एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

    इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।

    मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे ।

    घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ