• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति स्थानीय चुनाव २०७९

    चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

    243
    SHARES


    काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ।

    मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ।

    शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ। आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ।

    मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ।

    सामाजिक सञ्जालबाट चुनावी प्रचार गरेको पाइए हटाइने पनि आयोगको भनाइ छ। यसका लागि निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ