• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने

    366
    SHARES


    काठमाडौँ। वायुसेवा सञ्चालक संघ नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ।

    निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन्।

    संघले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। त्यस्तै,आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एयरलाइन्स र यती एयरलाइन्स प्रालिबीच सहमति भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले २ माघमा पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो । समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिने सम्बन्धमा बुद्ध र यती एयरलाइन्स प्रालिबीच सहमति गराएको हो ।

    यसैगरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटेल संघ नेपालले विदेशी पर्यटकलाई होटेलको कोठाभाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।

    विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एयरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए ।

    उनले भने ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिकसरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौँ ।’

    यसैगरी, समितिले हाल कोभिड संक्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।

    समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह–सुझावबमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ।

    समितिको गत माघ २४ गतेको निर्णयअनुसार पर्यटन उद्योगसम्बन्धी सातवटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेशस्तरबाट सल्लाह–सुझाव लिन मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ।

    निकटभविष्यमै समितिले देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग बृहत् अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ