• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चौरजहारीमा वाइसिएल र तरूण दलबीच कुटाकुट, पाँच घाइते

    485
    SHARES


    रूकुम । रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ। शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।

    दुबै पक्षका ५०-६० जनाको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन्।

    तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन्। वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन्। घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ।

    अरूकोचौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको सोतीले जानकारी दिए।

    नेपाली कांग्रेस रूकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भ्रत्सना गरेको छ। रूकुम पश्चिममा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको कांग्रेेसको भनाइ छ।

    ‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि अरू दलहरुसँग भएको चुनावी तालमेलबाट आत्तिएर रूकुम पश्चिममा माओवादीले भौतिक आक्रमण गरिरहेको छ,’ सभापति प्रेमप्रकाश वलीले भनेका छन्।

    यसअघि पनि माओवादी केन्द्रका कार्यकर्ताहरूले आठविसकोट नगरपालिका–८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका काँग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेका थिए।

    यस्तै त्रिवेणी गाउँपालिका-५ मा उपाध्यक्ष उम्मेदवारले प्रयोग गर्ने गाडी जबरबजस्ती लिएको, अध्यक्षका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड गरेको, घरमा आगजनीको प्रयास गरेको, गरगहना, नगद लुटपाट जस्ता कार्य माओवादीले कांग्रेसलाई लक्षित गरिरहेको विज्ञप्तिमा भनिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ