• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

    587
    SHARES


    विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको प्रचार-प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

    दुहबी नगरपालिका-९ को छाताबेली चोकमा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।

    उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो ।

    विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो। झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए ।

    उनले थप झडपको अवस्था आउन नदिन दुवै पक्षलाई छलफलमा बोलाएको बताए । ‘सामान्य विवाद भएको हो,’ उनले भने ‘थप विवाद हुन नदिन दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ