• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाली बजारमा सुनको मूल्य घट्यो

    416
    SHARES


    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ