सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गरेको छ । बिहीबार मध्यान्ह १२ बजेबाट सुरु भएको संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरिरहेका छन् ।
सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने छन् ।
चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।
प्रतिक्रिया