• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपमेयर दाहालको यस्तो चर्तिकला थाहा पाएपछि गाउँनिकाला गर्ने तयारीमा स्थानीयहरु (भिडियोसहित)

    18.3K
    SHARES

    चन्दन रौनियार, सुनसरी ।

    पछिल्लो समय स्थानीय निर्वाचनमा जनताले मत दिएर जिताएका जनप्रतिनिधिहरु जनताको मन जित्नेभन्दा पनि उनीहरुलाई तनाव र घृणा हुने काममा बढी सक्रिय भएको पाइएको छ । कतै कुखुरा चोरेर खाने, कोहि घुस खाने, कोहि सुविधना नपाएको झोकमा अनशन बस्ने र कोहि मान्छे कुट्नेजस्ता कार्यहरु स्वयम् जनप्रतिनिधिहरुले गर्न थालेका छन् ।

    सुनसरीमा एकजना जनप्रतिनिधिले यस्तै काण्ड मच्चाएकी छिन । जिल्लाको दुहबीमा नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफ्नै वडा अध्यक्षसहितको टोलीमाथि कुटपिट गरेकी छिन । सामान्य विवादका क्रमम उपमेयर शाहले  दुहबी नगरपालिका ५ नं वडाका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङमाथि कुटपिट गरेकी हुन ।

    वडा नम्बर ५स्थित निर्माणाधिन सरस्वती उच्च मा.बि खेल मैदानको अनुगमनको लागी नगरपालिका पुगेका वडा अध्यक्ष रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका प्रागणमै कुटपिट भएको पिडितहरूले बताएका छन् । खेल मैदानको निर्माण सम्पन्न भइसकेको र अनुगमन गरेर बजेट फर्साेटको प्रकृया शुरु गरिदिन भनेपछि दुवै पक्ष बिच शुरुमा बिवाद उत्पन्न भएको थियो ।

    विवाद बढ्दै गएपछि उपमेयर साहले ‘तिमिहरूलार्इ देखाइदिन्छु’ भन्दै आफनो श्रीमान सुनिल साहलाई फोन गरिन ।  उनका श्रीमान आएर आफुहरुलाई कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।

    ‘निर्माणको काम ५ दिन अगावै सम्पन्न भइसकेको छ । अहिले ठेकेदारलाई रकम दिनु पर्ने भएकाले अनुगमन गरी उपमेयरलाई बजेट फर्छ्यौटको माग गर्दा साहले कार्यकक्षाबाट ‘गेट आउट’ भन्दै बाहिर निकाल्नु भयो ।’ पिडितले भने, – ‘पछि श्रीमानलाई बोलाएर हामीमाथि हातपात गर्नुभयो ।’

    वडा अध्यक्षसँग भएको निर्माण सम्बन्धि फायल समेत उपमेयरले नियन्त्रणमा लिइ काम समेत रोकेको वडा अध्यक्ष रौनियाले बताए । सम्पन्न भइसकेको कामको तत्काल अनुगमन गर्नु पर्ने भएपनि उपमेयर साहले फायल राखेर अनुगमन नगरेको र पछि वास्ता नै नगरेपछि आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।

    वडा अध्यक्षलगाएतको टोलीमाथि कुटपिट भएको खबर पाएलगत्तै स्थानीयहरु आक्रोशित बनेका छन् । श्रीमान बोलाएर आफनी अध्यक्ष कुट्ने मेयर आफूहरुलाई नचाहिने भन्दै उनीहरुले मेयरलाई नै गाउँनिकाला गर्नुपर्ने भन्दै कडा कदम उठाएर नारावाजी समेत गरेका थिए ।

    कुटपिटपछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरेका थिए । न्यायिक समितिका संयोजक समेत रहने उपमेयरले आफनै जनप्रतिनिधिलाई कुटपिट गरेको बिरोधमा उनलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ । दिनभर उपमेयर बिरुद्ध प्रदर्शन बढेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । परिस्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरीएको थियो ।

    यस्तै उपमेयर साहलाई कानुनी दायरामा नल्याएसम्म नगरापलिकाको कामकाज ठप्प पार्ने वडा सदस्य तामाङको चेतावनी छ । कुटपिट भएपछि पिडित पक्ष र मेयर बिच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।

    हेर्नुहोस् भिडियो

    २०७४ चैत १० गते प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ