• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    जिम्बावे ‘ए’लाई नेपालले ८ विकेटले हरायो

    338
    SHARES


    काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।

    नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का हिर्काए । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।

    यसअघि रोय काइयाको ४९ रनको मतले जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । त्यस्तै, तादिवानासे मारुमानीले २७ तथा लुक जोङवेले २३ रनको योगदान दिए ।

    नेपालका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए । यसअघि पहिलो खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ