• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ६ महानगरपालिकामा ४२३९ जना उम्मेदवार, काठमाडौँमा मेयर बन्ने दौडमा ५५ जना

    221
    SHARES


    काठमाडौँ । देशका ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै उम्मेदवारी वीरगन्ज महानगरपालिकामा परेको छ । सो महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८८१ जनाले उम्मेदवारी दिएका हुन् ।

    कुल ३२ वडा रहेको वीरगन्जमा मेयर पदमा भने ३० जनाको उम्मेदवारी रहेको छ भने उपमेयरमा १० जनाको उम्मेदवारी रहेको छ । तर, वडा तहमा भने स्वतन्त्रसहित दलीय उम्मेदवारहरूको बाढी लागेको हो ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ६ महानगरपालिकामा कुल ४ हजार २३९ जना उम्मेदवार रहेका छन् । जसमा मेयर पदमा १६१ जना र उपमेयर पदका ८३ जना उम्मेदवार रहेका छन् ।

    बाँकी उम्मेदवार वडाध्यक्ष, सदस्य, महिला र दलित सदस्य पदका रहेका छन् । स्थानीय निर्वाचनमा एक स्थानीय तहबाट मेयर उपमेयर १–१ जना र वडाबाट अध्यक्षसहित ५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

    स्थानीय तह निर्वाचनमा महानगरपालिकाको भिडन्तलाई महत्त्वका साथ हेर्ने गरिन्छ । स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाबाट १ लाख ४५ हजार ९० जना उम्मेदवार रहेका छन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्माले केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट र विद्युत् अवरुद्ध भएकाले केही विवरण तलमाथि हुनसक्ने बताए ।

    आयोगले वैशाख १६ गते नै अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने भए पनि एकीकृत रूपमा सार्वजनिक गर्न सकेको थिएन। मंगलबारसम्म ढिलाइ हुनुमा आयोगले विद्युत् र इन्टरनेटकै समस्या रहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ