• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आज विराटनगरमा आमसभा गर्दै कांग्रेस, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

    272
    SHARES


    काठमाडौँ । नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ। वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

    वैशाख २२ मा चितवनमा सभा हुनेछ। उक्त सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लगायत सहभागी हुने कांग्रेसले जनाएको छ।

    वैशाख २३ मा काठमाडौंमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल र अन्य नेता सहभागी हुनेछन् भने वैशाख २४ मा बुटवलमा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहनेछन्।

    यस्तै वैशाख २४ मै तनहुँको दमौलीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता प्रकाशशरण महतलगायत वक्ता हुने कांग्रेसले जनाएको छ।

    वैशाख २४ मा जनकपुरमा पनि सभा हुनेछ। सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महेन्द्र यादवलगायतले सम्बोधन गर्नेछन्।

    वैशाख २५ मा पोखरामा सभा हुनेछ। सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार लगायतका नेताले उक्त सभामा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

    साथै वैशाख २५ मै दाङको तुलसीपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत अन्य वक्ताहरूले सम्बोधन गर्नेछन्।

    वैशाख २६ गते कैलालीको धनगढीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमूल्लाह मंसुरलगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने तालिका छ।

    साथै वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ। त्यहाँ सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेले सम्बोधन गर्ने मुख्यसचिव पौडेलले बताए।

    वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ