• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    केशव स्थापितको अर्को आपत्तिजनक टिप्पणी, फेरी महिलालाई यतिसम्म भनेपछि….

    2.7K
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

    हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गरेकी थिइन् । जवाफमा स्थापितले ‘यू आर नाइस लेडी, बट थुतुनो ठीक छैन’ भनेका थिए ।

    यसको चर्को आलोचना भइरहेका बेला स्थापितले भने प्रश्नकर्ता राउतमाथि आपत्तिजनक टिप्पणी गरेका छन् । काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए ।

    उनले भने, ‘मैले ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्ने रहेछ ! महिलाले चाहिँ चिथोरे पनि हुने, पछारे पनि हुने, ढुंगाले हाने पनि हुने !’ नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तैजित पारिएको समेत स्थापितले बताए ।

    ‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो । अमानवले बोले जस्तो !’ प्रश्नकर्ता राउतको नाम नलिई उनले भने, ‘अमानवलाई मैले मानवीय व्यवहार गर्नुपर्छ जस्तो लागेन । त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो ।’

    यस्तै स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताए ।

    काठमाडौंमा मंगलबार आयोजित ‘चर्चा र विवाद’का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताए ।

    यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया