• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights बागमती राजनीति स्थानीय चुनाव २०७९

    जगन्‍नाथले आफूविरुद्धको उम्मेदवारी फिर्ता नलिएपछि रेणु दाहालले मुख खोलिन, दिइन यस्तो प्रतिक्रिया

    14.6K
    SHARES


    चितवन । भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन्। सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन्

    गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिएको बिषयमा उनले पहिलोपटक मुख खोलेकी छिन । उनले पौडेलको स्वतन्त्र उमेदवारीले आफुलाई खासै फरक नपर्ने बताएकी छिन ।

    ‘खासै प्रभाव पार्लाजस्तो मलाई लागेको छैन। किनकी गठबन्धनका दलको साझा उमेदवारका रुपमा मेयरको आधिकारी उमेदवार म नै हो। कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताको लागि आग्रह गर्नुभयो।’ उनले भनिन- ‘पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन। उहाँले स्वतन्त्र उमेदवारी दिनुभएको छ। देशभर अन्यत्र पनि स्वतन्त्र उमेदवारी दिँदाखेरी कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ।’

    यस्तै उनले स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने आफुलाई नलागेको तर्क गरिन। साथै राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरहरु मिलेर गठबन्धन बनेको उनको भनाइ छ ।

    ‘स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन। दोस्रो कुरा यो गठबन्धन कुनै दल विशेष होइन। राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरधर मिलेर गठबन्धन बनेको छ।’ उनले भनिन -‘जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२–६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ।’

    तत्कालीन अवस्थामा राज्यपक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो। हामीहरु यहाँसम्म आएका छौँ। संविधान जारी गर्‍यौँ। यी सबै परिवर्तनका हिमायती हामी हौँ। परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ।

    गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्को खेमामा रहेका बेला अग्रगामी पक्षधर एकातिर भएको कुरा जगन्‍नाथ बुझ्न सनसकेको उनले बताइन । ‘गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्को खेमामा छन्। हामी अग्रगामी पक्षधर यता छौँ।’ उनले भनिन- ‘जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ।’

    यो दुरगामी महत्वलाई बुझेर पाँच दलीय गठबन्धनको साझा दृष्टिकोणसहित देश अघि बढेको दाहालको दावी छ । ‘ तर उहाँले बुझ्न सक्नुभएन कि भन्‍ने ठान्छु। उहाँलाई पार्टी (कांग्रेस) ले कारबाही गरिसकेको पनि छ।’ उनले भनिन-‘उहाँ कांग्रेसको आधिकारीक उमेदवार होइन। स्वतन्त्र उमेदवार हुनुहुन्छ। स्वतन्त्र हुँदै गर्दा त्यतिधेरै असर गर्छजस्तो लागेको छैन।’

    त्यस्तै उनले एमाले र राप्रपाबीचको तालमेल अप्राकृतिक भएको पनि टिप्पणी गरेकी छिन । एउटा वाम पार्टी र गैरवाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तन विरोधि पार्टी मिल्नु अप्राकृतिक भएको उनको बुझाई छ ।

    ‘एमाले र राप्रपा तालमेल प्राकृतिक छैन। अप्राकृतिक खालको छ। एउटा वाम पार्टी र गैरवाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तन विरोधि। धर्मनिरपेक्षको विरोधि र हिन्दु राष्ट्रवादी शक्तिसँग एमालेले तालमेल गरेको छ।’ उनले भनिन्- ‘त्यसले गर्दाखेरी उहाँको हिजोका गतिविधिले गर्दा पनि। सम्मानित संसद दुई(दुई चोटी विघटन गर्ने र संसदको गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी ओलीले गर्नुभयो। हामीले प्राप्त गरेका उपलब्धि खोस्‍ने काम केपी ओलीबाट भयो। एकलौटी र निरकुंश ढंगबाट उहाँ अघि बढ्नुभयो।’

    देशलाई स्थायीत्व दिन भनेर बनाइएको पार्टी उहाँले छिनभरमै टुक्रा-टुक्रा भयो। नेकपाको दुई तिहाईको सरकार, ठूलो पार्टी क्षतविक्षत भयो। तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँ भएका शीर्षस्त नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेमा रहनसक्ने अवस्था भएन। एउटा व्यक्तिको गलत कार्यशैलीले गर्दा दुई तिहाईको सरकार गुम्यो, प्रदेश सरकार गुमे। अझै पनि यस्तो अप्राकृतिक गठजोड गरेर उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ