• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आईजीपी बढुवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

    7.2K
    SHARES


    काठमाडौँ । नेपाल प्रहरीको आईजीपी बढुवा भएको २४ घण्टा नबित्दै सर्वोच्चबाट देउवा सरकारलाई तनाब हुने खबर आएको छ ।

    अर्थात् आईजीपी बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन्। सोमबार उनले वारेसमार्फत रिट दायर गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

    पोखरेलले पेश गरेको रिट दर्ता हुन बाँकी छ। सर्वोच्चले रिट लिएर पुगेकी उनकी वारेस सुनीता राउतलाई एक घण्टापछि बोलाएको छ। अर्का एआईजी सहकुल थापा भने कानुनी परामर्शमै छन्। उनले रिट दायर गर्ने वा नगर्ने भन्ने निश्चित गरिसकेका छैनन्।

    पोख्रेलभने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैंलाई आईजीपी बनाउनु पर्ने मागसहित सर्बोच्च पुगेका हुन्। पोखरेल पनि नवनियुक्त आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। तर पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने उनको माग छ।

    आईजीपी थापाले सोमबार दर्ज्यानी चिन्ह लगाइसकेका छन्। गृह मन्त्रालयमा बिहानै गृह सचिव टेकनारायण पाण्डेले सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सशस्त्र तर्फ भने कुनै विवाद छैन।

    नेपाल प्रहरीका एआईजी पोखरेल भने एक महिनाको बिदा लेखेर मुद्दा लड्नैका लागि हिडेका छन्। हेडक्वार्टरमै बास बस्दै आएका पोखरेलले आइतबार नै त्यहाँ रहेका आफ्ना सामान पनि सारिसकेका छन्।

    यसैबीच नेपाल प्रहरीमा एकै पटक ५ अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ जना नायब महानिरीक्षक (डीआईजी) रिक्त भएको छ। सोमबारदेखि एक साथ ठूलो संख्यामा प्रहरीका उच्च तहका अधिकारीहरु अवकासमा गएका हुन्।

    २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका सबै प्रहरी ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकास भएका छन्। एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र वशन्तकुमार पन्त अवकास हुँदा चार एआईजी पद रिक्त भएका छन्। यस्तै धिरजप्रताप सिंह आईजीपीमा बढुवा भएपछि अर्को पनि एआईजी पद रिक्त भएको हो।

    भएका दुई एआईजी पनि सोमबारदेखि बिदामा बसेका छन्। आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै एआईजीहरु विश्वराज पोख्रेल र सहकुल थापा पनि बिदामा बसेका छन्। तर उनीहरुको बिदा स्वीकृत भइसकेको छैन।

    थापाले १० दिन र पोखरेलले एक महिनाको बिदा लिएका छन्। पोखरेल उमेर हदका कारण आउँदो साउन २० गते अनिवार्य अवकासमा जाँदैछन्। उनीहरु दुवै आईजीपी बढुवाविरुद्ध सर्वोच्च जाने तयारीमा छन्। यस्तै ११ जना डीआईजी पनि सोमबार देखि रिक्त भएको छ।

    डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, सौरभ राणा, गणेशबहादुर ऐन, राजेन्द्रप्रसाद चौधरी, पुरुषोत्तम कँडेल, देबबहादुर बोहरा, रामकृपाल साह, प्रकाश अधिकारी र उमेश रन्जितकार अवकासमा गएका हुन्।

    तीनजना वरिष्ठ उपरीक्षक (एसएसपी) पनि अवकाश भएका छन्। एसएसपीहरु प्रदीपकुमार श्रेष्ठ, नवराज भट्ट र वीरेन्द्र बस्याल ३० वर्षे सेवा अवधिकै कारण अवकास भएका हुन्। उनीहरु सबै शैलेश थापासँगै सेवा प्रवेश गरेका हुन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ