• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धिरजप्रताप सिंहलाई आइजिपी बनाएको बिषयमा गृहसचिवले दिए यस्तो प्रष्टीकरण

    716
    SHARES


    काठमाडौँ । गृहसचिव टेकनारायण पाण्डेले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्तिबारे थप प्रष्टाउन खोजेका छन्।

    आज मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा गृहसचिव पाण्डेले सरकारले छनौट गरेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको दाबी गरेका थिए।

    परिपक्कता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले सिंहलाई आइजिपी बनाएको पनि उनले बताए।

    ‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन,’ सचिव पाण्डेले भने, ‘घरमा पनि विभेद हुन्छ। अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो।

    उनलाई अभिभावकीय भूमिका हिसाबले सरकारले मन परायो।’ सिंहमा उत्तरदायित्व बहन गर्ने क्षमता, आफूभन्दा मुनिकालाई प्रोत्साहन र परिचालन गर्ने क्षमता भएको दाबी पनि उनको थियो।

    ‘सिंहमा क्षमता देखेर आइजिपी नियुक्त गरेको हो,’ सचिव पाण्डेले थपे, ‘सरकारले छनौट गरेको आइजिपी संगठनलाई पनि बढी भन्दा बढी उपयुक्त हुन्छ।’

    नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन्। गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्। महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए।

    सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन्।

    प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

    २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ