• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    विश्वमा घट्यो कम्प्युटरको उत्पादन, मूल्य बढ्ने सम्भावना बढ्यो

    349
    SHARES


    काठमाडौं । सन् २०२२ को पहिलो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको उत्पादन घटेको छ । सन् २०२१ को तुलनामा यो त्रैमासिकमा पर्सनल कम्प्युटरको उत्पादन ४.३ प्रतिशतले घटेको हो । यो अवधिमा विश्व बजारमा ७ करोड ८७ लाख गोटा पीसी उत्पादन गरी बजारमा पठाइएको रिपोर्ट बिहिबार सार्वजनिक भएको छ ।

    विश्वका विभिन्न ब्राण्डका ल्यापटपको उत्पादन कारखाना रहेको चीनको सांघाई तथा कुनशानमा कोभिड १९ को नयाँ लहरका कारण भएको लकडाउनका लागि अप्रिल महिनामा ल्यापटप उत्पादन तथा शिपमेन्टमा झनै असर पुग्ने बताइएको छ । काउन्टरप्वाइन्टले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वव्यापी मुद्रास्फिती तथा क्षेत्रीय द्धन्दले गर्दा पर्सनल कम्प्युटरको मागमा अनिश्चितता पैदा गरेको र त्यसले कम्प्युटरको उत्पादन र शिपमेन्टमा असर गरेको छ ।

    सन् २०२२ भरमा बजारमा पठाइने अर्थात् शिपमेन्ट गरिने पर्सनल कम्प्युटरको संख्याका सम्बन्धमा सन् २०२१ के अन्त्यमा गरिएको प्रक्षेपण पूरा नहुने देखिएको रिपोर्टमा उल्लेख छ । रिपोट अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा विश्वमा बिक्रि भएका पर्सनल कम्प्युटरमा पहिलो स्थानमा लेनोभो छ ।

    यस अवधिमा लेनोभोले १ करोड ८२ लाख गोटा पर्सनल कम्प्युटर बजारमा बेच्न सकेको छ जुन कूल बजार हिस्साको २३.१ प्रतिशत हो । दोश्रो स्थानमा २०.२ प्रतिशत सहित एच पी रहेको छ भने तेश्रो स्थानमा डेल रहेको छ । एम वान म्याकबुकको सफलतासँगै एप्पलले पर्सनल कम्प्युटरको बजारमा सन्तोषजनक वृद्धिदर हासिल गरेको छ ।

    गत वर्षको पहिलो त्रैमासिकमा भन्दा एप्पलका पर्सनल कम्प्युटरको बिक्रि यो त्रैमासिकमा ८ प्रतिशतले वृद्धि भएको छ । उत्पादन घटेसँगै हाल बजारमा आएका कम्प्युटरको मूल्य बढ्ने सम्भावना बढेर गएको छ । बजारमा माग नघटेको तर उत्पादन घटेको सन्दर्भमा मूल्य घट्नु बजारको नियम भएको अर्थ बिज्ञहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ