काठमाडौँ । बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोबाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् ।
यसै साता उनी संसद् भवनभित्र मोबाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् ।
हाउस अफ कमन्सको बैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ ।
यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिको अध्यक्षबाट राजीनामा दिन अस्वीकार गरेका छन् । तर, छानबिनमा दोषी पाइएमा राजीनामा दिने उनले बताएका छन् ।
शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो ।
‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ । यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई धन्यवाद दिन्छु’, पेरिशले भने ।
उता गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो ।
गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए । जवकी सन् २०२० मा यो संख्या १५४४ थियो ।
यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।
प्रतिक्रिया